कोरोना भाइरस संक्रमित भेटिएपछि दुई गाउँ सिल, लिबाङ बजार पूर्णरुपमा लकडाउन

३ साउन,रोल्पा । रोल्पा नगरपालिकामा वडा नम्बर ४ र १० मा शुक्रवार १३ जनामा कोरोना भाइरस संक्रमण् पुष्टि भएसँगै गाउँ नै सिल गरिएको छ । भेरि अस्पताल नेपलागन्जमा गरिएको परिक्षणमा रोल्पा नगरपालिका वडा नम्बर ४ गुरुङगाउँका १ जना र वडा नम्बर १० धबाङका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

वडा नम्बर ४ गुरुङगाउँका संक्रमित पिसिआर रिपोर्ट नआउदै लिवाङ बजार लगायतका क्षेत्रमा खुला रुपमा हिँडडुल गरेको जानकारी आएको भन्दै संक्रमण थप फैलिन नदिन नगरपालिकाको समन्वयमा शनिबार अपराह्नदेखि धवाङ र गुरुङगाउँलाई अर्काे सूचना नआएसम्म सिल गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाले जानकारी दिए ।

त्यसैगरि रोल्पा नगरपालिकाको बजार क्षेत्र वडा न. १ , २, ३ र ४ लाई आइतबार साँझ ६ बजेदेखि अर्काे सूचना नआएसम्म पूर्ण रुपमा लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी रानाले बताका छन् ।

लकडाउन अवधिभर सरकारी कार्यालय तथा बैङ्किङ क्षेत्रमा सेवा प्रवाह समेत बन्द गरिने छ । संक्रमण पुष्टी भएका व्यक्तिहरुसँगको सम्पर्कमा आएका मानिसहरुको पहिचान गरि उनिहरुको पिसिआर परीक्षण गर्ने निर्णय समेत गरिएको छ । उनिहरु सबैको पिसिआर रिपोर्ट नआउदासम्म लकडाउन यथावत रहने प्रमुख जिल्ला अधिकारी राणाले बताएका छन्  ।

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस