नेपालमा अझै ५ दिन अत्यधिक वर्षा हुने

५ साउन, काठमाडौँ । नेपालमा अझै ५ दिनसम्म अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र सो रेखा नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई ब्रिफिङ गरेका थिए ।

त्यस क्रममा वैद्यले ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे । उनकाअनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकका अधिकांश स्थानमा एक सय मिलिलिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए । यो मात्रा अझै बढेर २ सय मिलिलिटर पानी पर्ने सम्भावना छ ।

न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केहीदिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस