बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

६साउन, भक्तपुर । बहुविवाह मुद्दाका फरार अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७६ जेठ २ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ५ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका भक्तपुर नगरपालिका–९ तौलाछें बस्ने २७ वर्षीय सबिन प्रजापतिलाई मंगलबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलिले पक्राउ गरेको हो ।

प्रजापतिलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेर अदालतको आदेशले केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस