![](https://onlinesajha.com/wp-content/uploads/2020/07/balatkar.jpg)
६साउन, दमक । ९ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा झापा प्रहरीले एक ७४ वर्षीय बृद्धलाई पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७४ वर्षीय टंक राईले ९ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार राईले सोमबार दिउँसो ललाइ फकाइ ९ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए ।
पीडित बालिकाका परिवारले मंगलबार बिहान मात्रै बालिकामाथि बलात्कार भएको थाहा पाएका थिए ।
पीडित बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईमाथि जबर्जस्ती करणीको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार