
६साउन,काठमाडौं । नेपालमा थप १ सय ५० जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी १ सय ५० जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा रहेका २७ वटा प्रयोगशालामा ३ हजार ९ सय ६३ जनाको परीक्षण आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार