१६ लाख घुससहित कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रण

८ साउन, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले एक जना कम्प्युटर अपरेटरलाई १६ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले बाँकेस्थित भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय पहत्तर रुपैंयासहित नियन्त्रणमा लिएको आयोगका अधिकृत मिनराज थापाले जानकारी दिए ।

उनका अनुसार विभिन्न फर्म तथा पसलहरुबाट कमिशन बापत १० लाख बढी नगद र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको सुचनाको आधारमा अख्तियारको टोली खनालको कार्यकक्षमा पुगेको थियो । उनीमाथि थप अनुसन्धान भइरहको थापाले बताए ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस