सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

८ साउन, काठमाडौं । राजधानीको सीतापाइलमा बिहिबार साँझ एक युवतीमाथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । डेराबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।

उनको मुखमा एसिड परेको छ । महिलाकाे कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ । उनलाई एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस