
१० साउन, काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ, भने १३ हजार ५३ जना निको भएका छन् ।
प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार