१. तपाई वडा अध्यक्षमा निर्वाचित भएर आउनु भयो, कसरी काम गर्ने योजना छ ?

विगतका जनप्रतिनिधिले गरेको राम्रो काम र कमजोरीबाट पाठ सिक्ने र त्यो भन्दा फरक र राम्रो तरिकाले काम गर्ने सोचमा छौँ । हाम्रा लाई जनताले बाहिरिगाम को विकास गर भनेर अत्यधिक मत ले जिताएको छन् । त्यसैले यहाँको जनताको हितलाई सिरुपर गरेर काम गर्ने छु ।

२ तपाईसँग जनताले धेरै आशा गरेका छन् ? जताले आशा गरेका के कस्ता विषयहरू तपाईँको मुख्य प्राथमिकतामा छन् ?

जनताले हामी प्रति धेरै आशा गरेका छन् । यहाँको मुख्य शक्ति एमालेसँग कांग्रेस र विप्लव नेकपा मिल्दा पनि वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा हामीलाई जनताले भारी मातान्तर ले बिजय बनाएका छन् । यसबाट सजिलै भन्न सक्छौँ । जनताले हामी प्रति धेरै आशा र विश्वास गरेका छन् । हामीले जनताको आशा र भरोसालाई यथार्थमा बदल्नु छ । हामीले धेरै बिषयमा काम गर्ने योजना छ । त्यस मध्ये मेरो विशेष प्राथमिकतामा सिक्षा, कृषि र भौतिक पुर्वधार निर्माण रहेका छन् ।

३. जनताको आशा र भरोसा अनुसार तपाई के कस्ता काम गर्नुहुन्छ त ?

म दिन रात जनताको लागि खट्ने छु चौबिसै घण्टा फोन सम्पर्कमा हुन्छु, घर घरमा गएर जनताको समस्या र सुझाव संकलन गर्छु र समाधनमा लाग्छु । विकास निर्माणका लािग पालिका देखि मन्त्रालय धाउछु । नेता देखि मन्त्रीलाई हात जोड्नु प¥यो भने पनि जोड्छु । सीमित बजेट र स्रोतलाई मितव्ययिता अपनाएर धेरै विकास गर्ने वातावरण सिर्जना गर्छु । जनता को आवश्यकताको आधारमा बजेट योजना वितरण र कार्यान्वयन गर्छु ।

हाम्रो शिक्षा क्षेत्रमा पढाईको गुणस्तर धेरै कम्जोर छ । म सम्बन्धित क्षेत्रको विज्ञ व्यक्ति, शिक्षक, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समिति, अविभावक र जनप्रतिनिधिहरु मिलेर बृहत छलफल गरी शैक्षिक सुधारको लागि निश्चित नीति बनाएर अगाडी बढ्ने योजना छ । त्यस्तै कृषि क्षेत्रको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषिमा परिणत गर्ने योजना छ ।

पूर्वधार विकासमा हाम्रो वडा धेरै पछि परेको छ । हाम्रो पालिकाको केन्द्रसम्म अझै पनि सडक जोडेको छैन । गाम खोलामा मोटर पुल नहुदा बर्षा याममा गाडी चल्दैन, विद्युत छैन, बाग्लुङ्ग र प्युठान सडक सञ्जाल जोड्नु छ । पर्यटन क्षेत्रमा धेरै सम्भावनाहरु हँुदा पनि गोम्बाङ्ग युद्ध क्षेत्र, कोठीभिर लेख, लुङ्गमा धार्मिक स्थल आदिको पूर्वआधार विकास हुन सकेको छैन । यी सबै काम पाँच वर्ष भित्र पुरा गर्ने योजना बनाएको छु ।

४ कृषि क्षेत्रमा वडाको योजना के छ ?

कृषि क्षेत्रमा पालिकाको राम्रो योजना छ । अब कसैले पनि जग्गा बाजो राख्न नपाउने, जग्गा चक्ला बन्दि गर्ने, हरेक टोलमा कृषि समूह गठन गर्ने, हरेक सूहसँग जग्गा र दुई ओटा पशुपलान खोर हुनु पर्ने, किसानलाई नाफमुलक अर्गानिक उत्पादनसँग जोड्ने योजना छ । किसानको उत्पादनलाई सरकारले किनिदिने, कृषि एम्बुलेन्स खरिद गरेर टोलटोलबाट किसानको उत्पादनलाई बजारसम्म पु¥याउने, खेती किसान गर्न नचाहनेले आफ्नो जग्गा समूहलाई भाडामा उपलब्ध गराउने र आफ्नो जग्गा नभएकोले पनि अर्काको जग्गा भाडामा लिएर कृषि गर्न सक्ने छन् । यसरी पालिकाले निर्बाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यवसायिक कृषि मा बदल्ने योजना छ । यहि पालिकाको योजनालाई वडामा कडाईका साथ लागु गराउने योजना रहेको छ ।

५. स्वास्थ्य तथा शिक्षा क्षेत्रमा वडाको योजनाबारे पनि बताई दिनुहोस्न ?

स्वास्थ नीतिमा वडाले पालिकाले गरेका निती र योजनहरुमा रहेर काम गर्ने छ । पालिकाले केन्द्रमा एउटा ग्रामिण आखा केन्द्र स्थापना गर्ने, दुइ ओटा स्वास्थ्य एम्बुलेन्स खरिद गर्ने । जस मध्ये एउटा एम्बुलेन्स भारतीय दुताबासबाट निशुल्क उपलब्ध भैसकेको छ । स्वास्थ्य पहुच टाढा भएको क्षेत्रमा गाउँघर क्लिनिक संचालन गर्ने, र स्वास्थ्य र सरसफाईको लागि सुनौलो सुनछहरी, स्वस्थ सुन्छहरीको नारा अघि सारेको छ्र । त्यसैगरी शिक्षा नीतिमा आगामी छ । वर्षमा निजि शिक्षक सून्य बनाउने, निशुःल्क शिक्षा, अपाङ्ग र बाल मैत्रि सिक्षा, डिजिटल युक्त विद्यालय बनाउने, सिक्षाको गुणस्तरमा आमुल परिबर्तन ल्याउने र मगर खाम भाषा को पाठयपुस्तक अध्यापन गराउने नीति लिएको छ ।

६ चुनाव पछि अब घरदैलोमा जाने योजना के छ ?

चुनाब पछि म टोल टोल मा गएर जनतासँग भेटघाट गर्ने र धन्यवाद दिने काम गरिसकेको छु । त्यसपछि वस्तु स्तर को योजना छनोत गर्ने बेलामा हामी हरेक घर दैलो र टोल टोलमा गएर त्यहाँको समस्या छनोट गरेर लिएका थियौं । म मेरो कार्यकाल भरी समय समयमा जनताको घर दैलोमा गएर त्यहाँको समस्या बुझ्ने र समाधानमा लाग्ने छु ।

७ प्रतिपक्षस“गको भूमिका कस्तो रहन्छ ?

म प्रतिपक्ष सँग राम्रो सम्बन्ध राख्ने छु्र बेला मौकामा उहाहरुसँग सुझाव लिने र राम्रो सुझावलाई कार्यान्वयमा गर्नेछु । योजना छनौट गर्नेबेला र बजेट बाडफाडमा प्रतिपक्षलाई अमन्त्रण गर्ने र सुझाव लिने गरेका थियौँ । प्रतिपक्षको भूमिका हामीलाई खबरदारी गर्ने मात्र नभएर हामीलाई विफल बनाउने पनि हुनसक्छ त्यसैले म त्यसबाट पनि सचेत छु ।

८. बाढी, पहिरो, वन जंगलको विषयमा के छन्, योजना ?

हामीले खुल्ला पाखेराहरुमा वृक्षा रोपन गर्ने, सामुदायिक वनमा उपभोक्ता समिति मार्फत वनजंगल र वातावरण संरक्षन सम्बन्धि जनचेतना जगाउने, बाढी पहिराको जोखिम रहेको क्षेत्रमा तत्बन्धनको व्यवस्था गर्ने र प्राकृतिक प्रकोप न्यूनिकारणको लागि आवश्यक योजना बनाइने कुराहरु म यहाँका जनतामाझ प्रतिवद्धता गर्न चाहन्छु ।

९. सचेतना मूलक कार्यक्रम के कस्ता छन् ?

हामीले शिक्षा, स्वास्थ्य, अपाङ्ग, जातीय छुवाछुट आदि विभिन्न बिषयमा अभिमुखिकारण तथा जनचेतना मुलक कार्यक्रमहरु ल्यायका छौँ र हाम्रो वडाको बजेटले नभ्याउने योजनाहरु पालिका तिर पठाएका छौँ ।

१० धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार तथा प्रवद्र्धनको लागि के गर्नुहुन्छ ?

हाम्रो सुनछहरी गाउँपालिकामा धेरै पर्यटकीय सम्भावना भएको ठाउँहरु छन् । त्यस मध्य हाम्रो बाहिरि गाममा गोम्बाङ्ग युद्ध पर्यटन स्थल, रोल्पा जिल्लाकै अग्लो कोठीभिर लेख, भव दह, दहबाङ्ग ताल, लुङ्मा धार्मिक स्थल जस्ता पर्यटकिय स्थलहरु छन् । त्यसमा पर्यटन पूर्वधार निर्माण र प्रचारप्रसारको लागि योजना बनाएकाछौँ । यो वर्षमा कोठीभिर लेखमा गोरेटो बाटो निर्माण गरेका छौ । लुमा धार्मिक स्थलको लागि प्रतिक्षालय र गोरेटो बाटो निर्माणको लागी वडाबाट बजेट छुट्याएका छौ ।

आगामी छ वर्षमा गोम्बाङ्ग युद्ध संग्रहालय निर्माण गर्ने, गोम्बाङ्ग, कोठीभिर लेखदेखि गुम क्षेदा हुँदै बिबाङ्ग दहसम्म पर्यटकीय पद मार्ग जोड्ने, अन्य पर्यटकीय क्षेत्रमा भौतिक पूर्वआधार निर्माण गर्ने योजना बनाएका छौँ ।