
१२साउन,काठमाडौँ। पारिवारिक शोकमा रहेका अभिनेता राजेश हमाल काममा फर्किएका छन् । भाईलाई शुक्रबार हिन्दुपरम्परा अनुसार अन्तिम विदाई गरेका हमाल शनिवार देखिनै काममा फर्किएका हुन् । कान्तिपुर टेलिभिजनमा प्रशारण हुने नयाँ शोको बाँकी रहेको काममा हमाल जुटेका हुन् ।
टेलिभिजनमा क्विज शो मा देखिने गरेका हमाल यसपटक भन्ने भिन्न शो लिएर आउदैछन् । यद्दपी उनको शोले सामाजमा भएका घटनालाई उजागर गर्नेछ । यो शो १२ एपिसोडको हुने बुझिएको छ । जहाँ हमालले राजनीतिज्ञसंग त कुराकानी गर्नेनै छन् । साथै , सामाजिक विकृति माथि औला पनि उठाउनेछन् । जयहाेसबाट साभार
प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार