कोरोना प्रतिकार्यका लागि सेभ द चिल्ड्रेन र हुरेकद्वारा गाउँपालिकालाई सहयोग

१२साउन,रोल्पा । कोरोना भाइरसबाट बच्नका लागि सेभ द चिल्ड्रेन र हुरेकले त्रिवेणी गाउँपालिका रोल्पालाई स्वास्थ्य सामग्री तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

गाउँपालिकाको कोरोना प्रतिकार्य योजना अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि करिव दुई लाख बराबरका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

कोरोना परीक्षणका लागि आवश्यक पर्ने ३ सय थान भिटिएम, १० थान पिपिइ सेट, १० थान सेनिटाइजर, ५ सय थान सर्जिकल मास्क, २ सय थान साबुन, ४ सय ५० थान कक्षा १ देखि ३ का बालबालिकाहरुको लागि स्वअध्ययन पुस्तकहरु सेभ द चिल्ड्रेन र हुरेकका तर्फबाट दुर्गा तिवारी र धरेन्द्र डाँगीले त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीलाई हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस