रोल्पामा ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम लागु हुँदै

१४साउन,रोल्पा । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङद्धारा संचालित ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम सम्बन्धि जिल्ला स्तरीय सरोकारवाला बीच समन्वयात्मक छलफल कार्यक्रम लिबाङमा सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा तत्कालीन द्धन्द्धका समयमा यौन हिंसामा परेका, श्रीमान गुमाएका वा बेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरु समाजमा नेतृत्वायी भूमिका निर्वाह गरि महिलाहरु शान्ति तथा समता मूलक समाज निर्माण गर्न सक्षम हुने कार्यक्रमको अपेक्षा रहेको आयोजकले बताएको छ ।

जिल्ला समन्वय समितिको सूचना हलमा सम्पन्न कार्यक्रममा ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम र सस्थाको परिचय नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिब शीवा योगीले प्रस्तुत गरेका थिए । कार्यक्रम रोल्पा र दाङ जिल्लामा जुलाई २०२० देखि डिसेम्बर २०२० सम्म संचालन हुनेछ ।

केन्दका सचिव शीवा योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख पूर्ण केसि, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना, रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङ, पत्रकार महासंघ अध्यक्ष महेश न्यौपाने, रेडक्रस रोल्पाका सभापती डिबि टुहुरो, गैर सरकारी सस्था महासंघ अध्यक्ष घनश्याम आचार्य लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सहभागीले विभिन्न सल्लाह सुझाव दिएका थिए, भने आयोजकले स्थानीय तह लगायत सरोकारवाला नियकायसँगको समन्वयमा आफ्ना गतिविधि संचालन गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको सहजीकरण ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रम रोल्पाका कार्यक्रम अधिकृत दिनेश सुवेदीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस