आज साउन १५ खीर खाने दिन

१५साउन, काठमाडौँ – आज साउन १५ अर्थात खीर खाने दिन ।

असार १५ मा दही चिउरा खाएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ ।

विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् ।

मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खिर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ ।

रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइदा यसमा औषधीय गुण हुने विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस