विप्लव समूहका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ

२२साउन, रुकुम पश्चिम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन्।

बिहीबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो।

लुकिछिपि कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला सेक्रेटरी रावल, पार्टीका जिल्ला सदस्य घमण्ड महर, विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा र पार्टीका कार्यकर्ता तुलवहादुर घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस