
तस्वीर– प्रतिकात्मक
२३ साउन, काठमाडाैँ । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका बैतडीले जानकारी दिएको छ ।
गए राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उहाँले बताए । १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार