२५ साउन,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक जना सवारीचालक र ३ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार