दीपिका महँगी अभिनेत्री

२५ साउन,काठमाडौँ ।कोरोनाका कारण भएको बन्दाबन्दीले बलिउड उद्योग खस्किएको छ । तर यस्तो विषम् परिस्थितिमा पनि कुन कलाकारको कमाइ कति भन्ने विषयले चर्चा पाएको छ । पछिल्लो समय बाहुबली अभिनेता प्रभाससँग जोडी बाँध्न दीपिकाले २० करोड भारु पारिश्रमिक लिएपछि उनी सर्वाधिक महँगी भारतीय अभिनेत्री भएकी छन् । बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीमा दीपिका पादुकोणसँगै आलिया भट्ट, अनुष्का शर्मा लगायतको नाम अगाडि आउँछ ।

दीपिकाको नाम महँगी अभिनेत्रीको चर्चा गर्दा स्वतः अगाडि आउँछ । किनकी उनको अभिनय यात्रा बलिउड हुँदै हलिउडसम्म पुगिसकेको छ । उनी सन् २०१८ मा ४८ करोड कमाइ गरेर १० औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनी चौथो नम्बरमा पुगेकी छन् । उनको पछिल्लो वर्षको कमाइ १११।८ करोड रहेको छ । (एजेन्सी)

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस