थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

२५ साउन, काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस