
२४साउन, सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातीय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति भनेको आफ्नो परम्परा रितिरिवाज साँस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएको समुदाय भएको बताए । “कानुनले आदिवासी जनजातिहरुलाई दिएको अधिकारलाई व्यवहारमा प्रयोग गर्दै रक्षा गर्न जरुरी रहेको उनको भनाई छ ।
त्यस्तै कार्यक्रमका विषेश अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश सभाको सभामुख जनजातिको छोरी हुनु नै गर्वको विषय भएको बताए । “खस भाषाको उद्गम थलो कर्णाली हो । त्यसैले कर्णालीको सभ्यता र पहिचान बचाउनका लागि सबैले हातेमालो गरी अगाडि बढ्नु पर्ने उनले बताए ।