
२६साउन, काठमाडौं । काठमाडौंको गोंगबुमा टाउको र जिउ छुट्टा छुट्टै सुटकेशमा फेला परेको शवको पहिचान भएको छ ।
उनी दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।
शरीर र टाउको छुट्टा–छुट्टै स्थानमा काटेको अवस्थामा फेला परेको उक्त शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धानमा सयस्या भएको थियो ।
सोही कारण प्रहरीले उनको तस्बीर सार्वजनिक गरेर चिन्ने व्यक्तिलाई प्रहरीमा खबर गर्न अनुरोध गरेको थियो । तस्वीरका आधारमा उनलाइ चिन्ने व्यक्तिबाट उनको पहिचान खुलेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाकारी दिएको छ
उनको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको उनको प्रहरीको भनाइ रहेको छ ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार