२६साउन, रोल्पा। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थिति विरेन्द्र मा.वि. गाङले त्रिवेणी गाउँपालिकालाई सहयोग गरेको छ । विद्यालयले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ७० हजार १ सय ५ रपैँया सहयोग गरेको हो ।
विद्यालयका प्रधानाध्यापक बरमान बुढामगरले गाउँपालिका अध्यक्ष शान्तकुमार वली उक्त रकम हस्तान्तरण गरेका हुन् ।
प्रधानाध्यापक बुढाले आफुले लिदै आएको रु ६ हजार समेत गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको बताएका छन् ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार