कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

२७ साउन, धनुषा । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार विदेह नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृतकको ट्राभल हिस्ट्री नरहेको र प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरधाममा करिब १८ दिन देखि आईसीयूमा उपचाररत उनको गएराति कोरोनाको कारण मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस