अनमोल र उपासनामा देखिएन कोरोना

२७ साउन, काठमाडौं – कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि अनमोल र उपासनाको पनि स्वाब परीक्षण गरिएको थियो ।

केही दिनअघि विज्ञापनको छायांकनका यी दुई यामाहा कम्पनीमा पुगेका थिए । कन्ट्याक ट्रेसिङका आधारमा अनमोल र उपासनाको पनि स्वाब संकलन गरिएको थियो ।

अनमोल र उपासना दुवैको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो । नेपालमा रहेका कुनै पनि कलाकारलाई हालसम्म कोरोना भाइरस संक्रमण भएको छैन ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस