रोल्पामा कर्मचारीलाई कोरोना लागेको आशंकामा ग्लोबल बैंक र मालपोत बन्द

२८साउन,रोल्पा । कर्मचारीमा कोरोना संक्रमण भएको आशंकामा रोल्पाको लिबाङमा रहेको ग्लोबल आईएमई बैंक र मालपोत कार्यालय बन्द गरिएको छ ।

नेपालगञ्जमा कार्यरत ग्लोबल आईएमई बैंकका २२ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँबाट भर्खरै सरुवा भएर रोल्पा आएका २ जना कर्मचारीहरुमा पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा बैंक बन्द गरिएको हो । यस्तै ग्लोबल आईएमई बैंकको एउटा काउन्टर मालपोत कार्यालयमा पनि रहेकाले मालपोत कार्यालय पनि बन्द गरिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।

बैंक र मालपोत कार्यालय बन्द गरी सबै कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । नेपालगञ्जबाट सरुवा भएर रोल्पा आएका बैंकका कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्म ति दुबै कार्यालय बन्द हुने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस