यतिबेला विकास भनेकै भौतिक विकास भनेर बुझ्ने गरिएको छ। सडक, खानेपानी, विद्युत, सिँचाइ यस्तै–यस्तै विकास मात्रै प्राथमिकताको सूचीमा पर्ने गरेका छन्। शिक्षा, स्वास्थ्य, संचार, वातावरण संरक्षण, गरिवी निवारणका साथै असल शासनले पनि विकासमा ठाउँ पाउन थालेका छन्।

विकास जनताद्धारा चुनिएको सरकारले जनताको सहभागितामा जनताका लागि गर्ने अविराम अभियान हो। यही सेरोफेरोमा अधिकांश विकास गतिविधि हुने गरे पनि पछिल्लो विकासले सिर्जना गरेको केही सामाजिक मुद्दा भने दिनानु दिन विकराल बन्दै गएका छन्।

बालविवाह, सम्बन्ध विच्छेद र आत्महत्याबाट ठूलो संख्यामा नागरिकहरु प्रताडित भइरहेका छन्। वर्षेनी हजारौँको संख्यामा उनीहरु प्रभावित भएपनि यसको रोकथामका लागि कसैको ध्यान पुग्न सकेको छैन।

रोल्पा अस्पतालम अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २ सय ५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी थिए। जिल्ला सदरमुकाममा रहेको एक स्वास्थ्य संस्थाको तथ्यांक हो यो। स्वास्थ्य कार्यालय रोल्पाले प्रकाशित गरेको प्रतिवेदनमा जिल्लाका स्वास्थ्य संस्थामा जाँच गराउने गर्भवती मध्ये २९.३ प्रतिशत संख्या २० वर्ष मुनिका किशोरीको हुने गरेको छ।

पछिल्लो राजनैतिक परिवर्तनले सामाजिक बहाव ल्याएको भनिएको रोल्पामा यी मुद्दा दिनानुदिन विकराल बन्दै जान थाले पनि नेपाल प्रहरीको सामान्य सचेतनामूलक कार्यक्रम बाहेक रोकथामको अर्थपूर्ण प्रयास भएको देखिँदैन। रोल्पा जिल्लामा वास्ता नगरिएका यी सामाजिक मुद्दाको अवस्थाको बारे चर्चा गर्ने प्रयास गरिएको छ।

मुद्दा १ : बालविवाह

गत वर्ष रोल्पा अस्पतालमा ३ सय ५४ जनाले प्रसुती सेवा लिए। यसरी प्रसुती हुने मध्ये २० वर्ष मुनिका ५६ किशोरी थिए। ती मध्ये ८ जनाको केस जटिल देखिएपछि अप्रेशन गर्नुपरेको थियो। सोही अस्पतालमा सुरक्षित गर्भपतन गराएका १ सय ६७ मध्ये १७ जना २० वर्ष मुनिका किशोरी थिए।

अनिच्छित गर्भधारण भएका मध्ये ठूलो संख्याका किशोरीहरु निजी क्लिनिकमा गएर समेत गर्भपतन गराउने गरेको पाइन्छ। बालविवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको छ। किशोरीहरुमा गर्भपतन गराउने दर समेत बढ्न थालेको स्वास्थ्य कार्यालयको भनाइ छ।

रोल्पा अस्पतालम अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २ सय ५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी थिए। जिल्ला सदरमुकाममा रहेको एक स्वास्थ्य संस्थाको तथ्यांक हो यो। स्वास्थ्य कार्यालय रोल्पाले प्रकाशित गरेको प्रतिवेदनमा जिल्लाका स्वास्थ्य संस्थामा जाँच गराउने गर्भवती मध्ये २९.३ प्रतिशत संख्या २० वर्ष मुनिका किशोरीको हुने गरेको छ।

अघिल्लो वर्ष रोल्पा प्रहरीले मौखिक उजुरीका आधारमा ४३ वटा बालविवाह रोकेको थियो। समुदाय तथा विद्यालय स्तरमा गठन भएका बाल—क्लबहरुले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई उजुरी दिने संयन्त्र बनाएका छन्।

त्यही संयन्त्रले दिएको सुराकका आधारमा प्रहरीले रोकेको बालविवाहको संख्या हो यो। जिल्लामा बालविवाह विरुद्धको अभियान चलाएका सक्रिय बालक्लबको संख्या निकै न्यून छ। थोरै मात्रै बालक्लबहरु सक्रिय रहँदा, रोकिएका बालविवाहको संख्या यति धेरै रहँदा जिल्लाभर यस्को अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ।

नेपालको कानुनले बालविवाहलाई अक्षम्य अपराधको रुपमा राखे पनि यस्तो अपराध गर्नेहरुलाई न कानुनी कारबाही हुने गरेको छ न सामाजिक बहिष्कार नै। नेपालको फौजदारी संहिताअनुसार बिस वर्ष नपुग्दै गरेको विवाह स्वतः बदर हुन्छ र त्यस्तो कसुर गर्ने गराउनेलाई कैद र जरिवानाको व्यवस्था गरेको छ।

जनसंख्या अध्ययन केन्द्रीय विभागले रोल्पा सहित ५ जिल्लामा गरेको सर्वेक्षणमा रोल्पामा ३९ प्रतिशत बालविवाह भएको देखाएको थियो। ती मध्ये ८७ प्रतिशत महिलाहरु २० वर्ष अगावै पहिलो आमा बनिसकेका हुन्छन्।

तत्कालीन जिल्ला बालकल्याण समिति रोल्पाले केही वर्ष अघि रोल्पाका १५ वटा तत्कालीन गाविसहरुमा गरेको सर्वेक्षणले जिल्लामा ५३ प्रतिशत बालविवाह भएको देखाएको थियो।

मानव अधिकार सचेतन केन्द्र नामक एक गैरसरकारी संस्थाले जिल्लाका तत्कालीन ७ वटा गाविसमा गरेको सर्वेक्षणमा ४६ प्रतिशत बालविवाह भएको देखाएको थियो।

एक अर्को सर्वेक्षणअनुसार जिल्लामा हुने विवाह मध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनिका बालबालिकाले गर्ने गर्दछन्। यसैगरी १५ वर्ष नपुग्दै गरिने विवाहको संख्या ६.८ प्रतिशत देखिएको छ। यो सर्वेक्षण जिल्लाका साविकका केही गाविसहरुमा गरिएको थियो।

नेपालको कानुनले बालविवाहलाई अक्षम्य अपराधको रुपमा राखे पनि यस्तो अपराध गर्नेहरुलाई न कानुनी कारबाही हुने गरेको छ न सामाजिक बहिष्कार नै। नेपालको फौजदारी संहिताअनुसार बिस वर्ष नपुग्दै गरेको विवाह स्वतः बदर हुन्छ र त्यस्तो कसुर गर्ने गराउनेलाई कैद र जरिवानाको व्यवस्था गरेको छ।

रोल्पालाई नेपालका ५ वटा बढी बालविवाह हुने जिल्ला मध्ये मानिन्छ। बाल विवाहको सर्वाङ्गीण असर समेत देखिएका छन्। यसको असर शिक्षा र स्वास्थ्यका साथै अन्य क्षेत्रमा समेत देखिने गरेको छ। बालविवाहकै कारण जिल्लामा विद्यालय उमेरका १० प्रतिशत बालबालिका अझै विद्यालय बाहिरै रहेको एक सर्वेक्षणले देखाएको छ।

संयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषले जिल्लामा गरेको सर्वेक्षणले त्यस्तो तथ्यांक देखाएको हो। पढ्दा पढ्दै विवाह गर्ने विद्यार्थीहरु विवाहपछि कमैले मात्रै पढाइलाई निरन्तरता दिने गरेको पाइएको छ। जसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहोर्याउने संख्या समेत घट्न सकेको छैन।

कक्षा ५ मा छात्राको टिकाउ दर ९७।४ प्रतिशत रहँदा कक्षा ८ मा यो दर ९४.९ प्रतिशतमा झरेको देखिन्छ। कक्षा तथा उमेर बढ्दै जाँदा छात्राको टिकाउ दर घटिरहेको देखिन्छ।

बालविवाहको यस्तो विकराल अवस्थाले जिल्लाको समग्र विकासमा प्रभाव पारिरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारीको ग्राफ कमजोर हुनुको विभिन्न कारण मध्ये बालविवाह पनि एक महत्वपूर्ण कारण हो। हरेक कक्षामा विद्यार्थी किन घटिरहेका छन्रु उमेर बढ्दै जान्छ विद्यार्थी घट्दै गइरहेका छन्।

यसको कारक बालविवाह भनेर सजिलै पन्छिने काम भएको छ। बालविवाह किन भइरहेको छ? त्यसको उत्खनन कहिल्यै कसैले गरेन। बालविवाहलाई समस्याको रुपमा देखायो, पन्छियो। पारिवारिक र सामाजिक चालचलन तथा सांस्कृतिक रीतिस्थिति पो दोषी छन् कि१ कहिले अन्वेषण गर्नेरु सामाजिक सांस्कृतिक मूल्य मान्यताले समेत बालविवाहलाई बढावा दिइरहेको छ। मौसमी बसाइसराई, गोठ बस्ने पराम्परा, मेला जात्राले बालविवाहलाई प्रसय दिइरहेका छन्।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले बालविवाह न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनैतिक योजना तर्जुमा गरेको छ। नगरपालिकामा हाल ३०.८ प्रतिशत बालविवाह रहेको छ। उसले वि.सं २०८० भित्र यो संख्या ५ प्रतिशतमा झार्ने गरी लक्ष्य निर्धारण गर्दै कार्ययोजना समेत बनाएको छ।

यसका लागि आफ्नै श्रोत तथा विभिन्न दाताहरुको समेत एक करोड २९ लाख रुपैयाँ खर्च गर्ने गरी कार्ययोजना पारित गरिसकेको भएपनि गतिविधि शून्य रहेकाले प्रतिवद्धता अनुरुप उपलब्धि नहुने देखिएको छ। कानुन, नीति नियम निर्देशिका र योजना बनाउन हतारिने स्थानीय सरकारहरुको कार्यान्वयनमा देखिने निरीहताले ठूलो संख्याका बालबालिका प्रत्यक्ष प्रभावित भएका छन्।

मुद्दा २ः सम्बन्ध विच्छेद

सदरमुकामको एक विद्यालयको कक्षा ७ मा अध्ययन गर्ने १५ वर्षीया एक किशोरी, कक्षा ९ मा अध्ययन गर्ने अर्का किशोरसँग प्रेममा फसिन्। प्रेमलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सोचका साथ त्यो जोडीले प्रेम विवाह गर्यो। विवाह गरेको एक वर्ष पनि सँगै नबसेर त्यो जोडीले एक्लाएक्लै बस्ने निर्णयका साथ सम्बन्ध विच्छेद गर्यो।

साविक रोल्पा रांकोटकी ७१ वर्षिया हस्तमाली वलीले ७१ वर्षिय श्रीमान् पञ्चबहादुर वलीसँग सम्बन्ध विच्छेदका लागि रोल्पा जिल्ला अदालतमा मुद्दा दायर गरिन्। श्रीमतीले दिएको मुद्दामा पंचबहादुर प्रतिउत्तर लगाउन अदालत गएनन्। हस्तमालीको मुद्दामा अदालतले वली दम्पत्ती बीच सम्बन्ध विच्छेद भएको फैसला गर्यो।

दुई वर्षको यो तथ्यांकले नै यो पुष्टी गर्छ कि जिल्लामा सम्बन्ध विच्छेदको अवस्था भयावह छ। र यो बढ्दो क्रममा छ। जिल्लामा बढ्दै गएको सामाजिक र पारिवारिक विखण्डनको यो सबैलाई झस्काउने तथ्यांक हो।

जिल्ला अदालत रोल्पाको अभिलेखमा न्यूनतम १६ वर्षिया किशोरीदेखि अधिकतम ७१ वर्षिया वृद्धाले सम्बन्ध विच्छेद गरेको देखाउँछ। सम्बन्ध विच्छेदका लागि उमेरको सीमा नहुने यी दुई घटनाले पुष्टी गर्दछन्। सम्बन्ध विच्छेद रोल्पाको अर्को गहन सामाजिक मुद्दा हो।

गत वर्ष रोल्पा जिल्ला अदालतमा ४७१ वटा मुद्दा दर्ता भए। दर्ता भएका मध्ये २२६ वटा सम्बन्ध विच्छेदका थिए। यो संख्या जिल्ला अदालतमा दर्ता भएका मुद्दाको ५७ प्रतिशत हो। सम्बन्ध विच्छेदकै मुद्दामा कानुन व्यवसायी र अदालतको अधिकांश समय बित्ने गरेको छ।

अघिल्लो वर्ष रोल्पा जिल्ला अदालतमा जम्मा ३९९ मुद्दा दर्ता भएका थिए। त्यसरी दर्ता भएका मध्ये २१७ वटा मुद्दा श्रीमान—श्रीमतीबीच सम्बन्ध विच्छेदका लागि दर्ता गरिएका थिए। यो संख्या जिल्ला अदालतमा वर्षभरि दर्ता भएका कुल मुद्दाको ५३ प्रतिशतभन्दा बढी हो।

दुई वर्षको यो तथ्यांकले नै यो पुष्टी गर्छ कि जिल्लामा सम्बन्ध विच्छेदको अवस्था भयावह छ। र यो बढ्दो क्रममा छ। जिल्लामा बढ्दै गएको सामाजिक र पारिवारिक विखण्डनको यो सबैलाई झस्काउने तथ्यांक हो।

पछिल्लो पटक बनेको मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानुनी व्यवस्था गरेसँगै जिल्लामा यो संख्या पनि बढ्दै जान थालेको छ। गत वर्ष ४० जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउन अदालतमा मुद्दा दायर गरेका थिए।

अघिल्लो वर्ष यो संख्या २६ थियो। यो दुई वर्षको तथ्यांकले जिल्लामा सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्यो पनि बढ्दो क्रममा देखिन्छ। श्रीमानले खानलाउन नदिएको, कुटपिट गरेको, अर्को केटीसँग बसेको जस्ता आरोप लगाई महिलाहरुले सम्बन्ध विच्छेदको मुद्दा दिने गरेका छन्।

विदेशबाट पठाएको पैसा दुरुपयोग गरेको, घरमा नबसेको, अन्य केटासँग लागेको, मानसम्मान नगरेको जस्तो आरोप सहित पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको देखिन्छ।

सम्बन्ध विच्छेदले पारिवारिक विखण्डन त छँदै छ छोराछोरीको भविष्य समेत अन्धकार हुने गरेको छ। कलिलो उमेरमा बाबुसँग विछोड हुनुपर्दा ती बालबालिकाको मनोवैज्ञानिक समस्या देखिने गरेको छ। यस्ता श्रीमानश्रीमतीका अधिकांश छोराछोरीले पढाइ छोडेर घरेलु वा होटल कामदारको रुपमा बालश्रममा जाने गरेको देखिन्छ।

मुद्दा ३ः आत्महत्या

अघिल्लो वर्ष रोल्पामा एकै दिन फरक फरक तीन स्थानमा तीन किशोरीले आत्महत्या गरे। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका १० धवाङकी एक २२ वर्षिया महिला, सुनछहरी गाउँपालिका वडा नं। ६ फगामकी २३ वर्षीया महिला र लुंग्री गाउँपालिका वडा नं। ४ की १७ वर्षिया किशोरीले एकै दिन आत्महत्या गरे। एकै दिन भएका यी घटनाले रोल्पामा आत्महत्याको अवस्था कस्तो छ भनेर चित्रण गर्छ।

अघिल्लो आर्थिक वर्ष जिल्लामा ८० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार सो वर्ष ५६ जनाले झुन्डिएर र २४ जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए।

आर्थिक वर्ष २०७६/०७७ मा ७० जनाले आत्महत्या गरेका थिए। सो वर्ष ५२ जनाले झुण्डिएर र १८ जनाले विष सेवन गरेर आत्महत्या रोजेको प्रहरीको भनाइ छ। आत्महत्याको दुई वर्षको यो तथ्यांकले जिल्लामा यसको मात्रा हरेक वर्ष बढ्दै गएको देखाउँछ।

यी तीन वटा सामाजिक मुद्दाहरु पारस्परिक अन्तरसम्बन्धित हुने गरेका छन्। बालविवाहका कारण सम्बन्ध विच्छेद तथा बालविवाह र सम्बन्ध विच्छेदका कारण आत्महत्या जोडिने गरेको छ। विकराल बन्दै गएका तर वास्ता नगरिएका यी मुद्दाहरुले सामाजिक सम्बन्धहरु तहस नहस हुँदै जान थालेका छन्।

यी सामाजिक मुद्दा न्यूनीकरणका लागि स्थानीय तहहरुले खासै पहल गरेको पाइँदैन। बालविवाह न्यूनीकरणका लागि सामान्य कार्यक्रममा बजेट व्यवस्था गरे पनि सम्बन्ध विच्छेद र आत्महत्या रोक्ने कुनै कार्यक्रम सारेका छैनन्।

मनोसामाजिक विमर्श तथा सकारात्मक सोच सम्बन्धी कैयौं कार्यक्रम राखेर यस्ता समस्या न्यूनीकरण गर्न सकिने भएपनि स्थानीय सरकारको यता ध्यान गएको पाइँदैन।