सिन्धुपाल्चोक पहिरो अपडेटः ५ को शव फेला, ३३ बेपत्ता

३० साउन,सिन्धुपाल्चोक । सिन्दुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी मृत्यु भएका ५ जनाको शव फेला परेको छ भने अझै ३३ जना बेपत्ता छन् ।

पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस