रेडक्रस सोसाइटी रोल्पाको सभापतिमा पुन: घर्तीमगर

File photo

२९साउन, रोल्पा । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको सभापतिमा पुनः डी.वि. घर्तीमगर निर्वाचित भएका छन् ।

शनिवार लिबाङमा सम्पन्न शाखाको ३४ औँ साधारणसभा तथा ११ औँ अधिवेशनले घर्तीमगरको सभापतित्वमा १७ सदस्यीय जिल्ला कार्यासमिति  चयन गरेको हो ।

समितिको उप–सभापतिमा टीकाकुमारी बुढामगर र रुपकला घर्तीमगर, मन्त्रीमा अमर घर्तीमगर, उपमन्त्रीमा ध्रुवचन्द्र पुन, कोषाध्यक्षमा भिमबहादुर पुन, उप–कोषाध्यक्षमा सुनबहादुर पुन चयन भएका छन् ।

यसैगरी सदस्यमा भगवती मल्ल, त्रिपनी बैजाली, लक्ष्मी डाँगी, नौलसिंह पुन, मानबहादुर घर्तीमगर, लछिराम थापा, प्रवेशप्रसाद बुढामगर, रामबहादुर बुढामगर, धनीराम बुढामगर, विनोद डाँगी चयन भएका छन् ।

रेडक्रसको रोल्पा जिल्लाभर १५ उपशाखा छन् । शाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सहजीकरण गरिरहेको छ । साथै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवा लगायत मानवीय सेवाका कार्यक्रम शाखाले सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस