अनलाइन कक्षाका समस्याहरु !

अनलाइन कक्षाको बारेमा आ–आफ्ना फरक–फरक धारण र बुझाईहरु होलान। कतिपयलाई अनलाइन कक्षाको सिकाई प्रक्रियाले राम्रै ज्ञान् हासिल गर्ने अवसर र सिकाई प्रक्रियालाई अगाडि बढाउन सहयोग गरेको पनि हुनसक्छ । यसमा हामी सबैको बुझाई र धारण एउटैमात्र हुनुपर्छ भन्ने छैन ।

आजको यो विषम परिस्थितिलाई नियालेर हेर्दा यो प्रक्रिया अत्यन्तै उपयोगी र विकल्पको रूपमा रहेको पनि छ। यो भन्दा उपयोगी विकल्प अरु कुनै पनि छैन अनलाइन कक्षा आज रहरले होइन । बाध्यता दिनुपर्ने भएको छ ।

विद्यार्थीहरुलाई भौतिक रूपमा उपस्तिथित भएर कक्षा सञ्चालन गर्ने रहर र इच्छा हुँदाहुँदै पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले गर्दा निकै अप्ठ्यारो पारेको छ।

भौतिक रूपमा विद्यालयमा गएर अध्ययन क्रियाकलाप अगाडि बढाउने वातावरण नभएको पनि धेरै भैसकेको छ। यो वातावरण सहज कहिले हुन्छ । अझै केहि टुंगो लागेको छैन दिनप्रतिदिन संक्रमणदर बढेको छ ।

धेरैले ज्यान गुमाउनु परेको छ सुरक्षा सर्तकता अपनाउन अत्यन्तै आवश्यकता छ । सबै जनमानसहरुको जीवनस्तर त्रासै–त्रासमा बितेको छ । अझै भन्ने हो भने, सार्क राष्ट्रहरुमध्ये सबै भन्दा बढी संक्रमणको जोखिम नेपालमा रहेको विज्ञहरुको भनाइ छ ।

कोरोना महामारीले गर्दा कतिपय विद्यार्थीलाई राम्रो पनि भएको छ । तर मेहनत बिना नपढि, परिक्षा नदिएरै पास गराउने प्रविधि भने गलत हो । शिक्षा क्षेत्रको लागि यो रहर होइन देशमा भित्रीएको महामारीले गर्दा सिर्जना गरेको बाध्यताको परिस्थिति भएको छ।

तर मेरो भने अनलाइन कक्षाको बारेमा बुझाई अलि फरक छ। मेरो यो बुझाई ,धारण तपाईहरु सबैसँग नमिल्न पनि सक्छ ।अनलाइन कक्षाले गर्दा मेरो मनमा अनेकौं प्रश्न उठ्छ? जसको असर राम्रो वा नराम्रो दुवै हुन सक्छ ।

विभिन्न विरोधाभाषका वीचमा पनि नेपालमा अनेकौँ प्रविधिहरु जमिसकेका अर्थात विकास भैसकेको देखिन्छ । विद्युतको प्रसारणलाई जताततै तानिएको छ । तर यसको प्रभाकारी विकास भने हुन सकेको छैन । लोडसेडिङ ब्ल्याकआउट हुँदा देश अझै अँध्यारोमै रहिरहेको देखिन्छ ।

मलाई कता–कता लाग्छ अनलाइन कक्षाले त्यति धेरै सिकाई स्तरलाई वृद्धि गरेको छैन । सिकाई क्रियाकलाप वृद्धि नहुनमा हाम्रा आफ्नौ कमजोरी पनि हुनसक्छ ।

नेपालको परिवेशमा हेर्दा प्रविधिको पनि निकै समस्या रहेको छ। कहिले विजुलीको समस्या, कहिले नेटर्वकको समस्या कहिले अरु समस्या यस्ता धेरै समस्यहरु झेल्नुपरेको छ ।

अनलाइन कलासले गर्दा शहरी क्षेत्रको समस्या भनेको विद्युतको मात्रै होला । तर ग्रामीण क्षेत्रका गाउँबस्तीमा बस्नेहरुमा सञ्चार क्षेत्रका धेरै समस्याहरु छन । यस्ता समस्याको के कुरा गरौँ ? जहाँ फोन गर्ने रुख चढनु पर्छ । अग्लो—अग्लो डाडाँ काडाँ खोज्दै हिडनुपर्छ।अब हामी आफैले मुल्यांकन गरौँ त्यहाँका विद्यार्थीहरुलाई अनलाइन कलासले सिकाई क्रियाकलापमा सहयोग कसरी गर्छ ?

यस्तो भन्दा कतिपयलाई अनौठो लाग्न सक्छ किनभने आज सामाजिक संजाल सबैको घर–घर, बस्ती–बस्ती, हात–हात र भान्सा–भान्सा पुगेको छ। यसबाट धेरैलाई लाभ मिलेको छ । तर केहीलाई समस्या पनि थपेको छ ।

हाम्रा पुस्ताहरु अनलाइनको सुबिधाले गर्दा सिकाई क्रियाकलापमा होइन । विनाशको बाटो तिर गैरहेको देखिन्छ। त्यसैले अभिभावकले आफ्ना सन्तान प्रति चासो गर्ने बेला भएको छ। आफ्नो सन्तानप्रति वास्ता नगर्नाले अनलाइन कक्षाको नाममा अनैतिक क्रियाकलाप तिर चासो बढेको देखिन्छ। सानै उमेरमा च्याट गर्ने, लभ गर्ने, फेसबुक टिकटक तिरै दिनभर तन मन लगाएको देखिन्छ ।

धेरै युवाहरुमा चुरोट रक्सी जस्ता मदिरा सेवा गर्ने लत बसेको छ । मदिरा सेवन गरेर आफुलाई ठूलो सम्झ्ने, च्याथिएका कपडा लगाउने प्रविधिको विकास भएको छ ।

कुन मान्छेलाई कस्तो व्यवहार गर्ने कसरी बोल्ने समेत थाहा नपाउने जस्ता कार्यहरु गरेको देखिन्छ। त्यसैले हाम्रो पढाई भनेको परिश्रम बिना नै सफलता प्राप्त गर्ने, हलिएर खाने जस्तो भएको छ।

यस्तो खालको ज्ञानले गर्दा भविष्यको कुनै ठेगाननै छैन । त्यसैले आजका पुस्ताहरु सिकाई क्रियाकलाप तिर आकर्षक बनाउन जरुरी छ । टिकटक, गेइम् , च्याटमा व्यस्त होइन । त्यसैले अनलाइन कक्षाको नाममा हुन सक्ने यस्ता समस्याहरुलाई ध्यानदिन आवश्यक देखिन्छ ।

म आफैलाई पनि अनलाइन कक्षाले धेरै प्रभाव पारेको छ पढ्नलाई कलासमा जोडिनाले दिनभर फेसबुक, टिकटक हेर्नमै ठिक भएको छ। न पढाई भने जस्तो भएको छ। न त पढेको बुझिन्छ त्यसैले बेलैमा सोच्न जरुरी छ। नत्र भोलि यसले समस्यालाई जटिल बनाउन सक्छ । यसको मतलब यो होइन कि प्रविधिको प्रयोग नै गलत छ । यसको मतलब यो कि प्रगतिको प्रयोग सहि तरिकाबाट गर्नु पर्छ।

त्यसैले शिक्षाको स्तर राम्रो छ । तर पाएको संस्कार राम्रो छैन भने कहिले पनि मान्छे सफल व्यक्ति बन्न सक्दैन । त्यसैले एउटा बालकको लागि घर नै पहिलो शिक्षा हो । घरमा अभिभावकले जे सिकाउछन् । उस्ले त्यही नै सिक्छ र गर्छ त्यसैले आफ्नो छोराछोरीहरुलाई राम्रो संस्कार दिने बानीको विकास गरौँ । पछि गएर कतैबाट पनि पछुतोको आभास नहोस् ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस