सम्पत्तीमा पहुँच बढाउँदै रोल्पाली महिला

३१ साउन, रोल्पा । पुरुषमा रहेको सम्पत्ती माथिको एकाधिकार विस्तारै महिलामा सर्दै जानथालेको छ । महिलाको नाममा जग्गा रजिष्टूेशन गर्दा लाग्ने दस्तुरमा छुट गर्ने सरकारको निर्णयसँगै महिलाहरुमा सम्पत्ती माथीको पहुँच बढ्दै जानथालेको हो ।

तीन वर्षमा मालपोत कार्यालय रोल्पामा पारित भएका लिखतको तथ्यांकले पनि रोल्पाका महिलाहरुमा सम्पत्ती माथीको पहुँच बढ्दै गएको देखाएको छ । यसरी सम्पत्ती माथी महिलाको पहुँच शहरी क्षेत्रका महिलाको तुलनामा ग्रामीण क्षेत्रका महिलामा बढी देखिन्छ ।

मालपोत कार्यालय रोल्पामा आर्थिक वर्ष २०७६/०७७ मा एक हजार ८२८ वटा लिखत पास भएका थिए । त्यसरी पारित भएका लिखत मध्ये ४६३ वटा महिलाको नाममा पास भएका थिए ।

महिलाको नाममा रजिष्टूेशन गरिएका लिखत मध्ये १६५ शहरी क्षेत्रका र २९८ वटा ग्रामीण क्षेत्रका महिलाको नाममा पास भएका थिए ।

महिलाको नाममा रजिष्ट्रेशन पारित गर्दा सो आर्थिक वर्षमा आठ लाख ४४ हजार ७८१ रुपैयाँ राजश्व छुट भएको थियो ।

आर्थिक वर्ष २०७७÷०७८ मा दुई ५२७ वटा लिखत पास हुँदा महिलाको नाममा पास भएका लिखतको संख्या ६२५ थियो । सो वर्ष शहरी क्षेत्रका १९९ र ग्रामीण क्षेत्रका ४२६ महिलाले आफ्नो नाममा लालपुर्जा पाएका थिए ।

यसरी महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा सो वर्ष १२ लाख २८ हजार १०२ रुपैयाँ राजश्व छुट भएको थियो ।

आर्थिक वर्ष २०७८÷०७९ मा दुई हजार ६४५ वटा लिखत पास भएका थिए । पारित लिखत मध्ये ७५० वटा लिखत महिलाको नाममा पास भएका थिए । महिलाको नाममा त्यसरी पारित भएका लिखतमध्ये १९५ वटा शहरी क्षेत्रका र ५५५ वटा लिखत ग्रामीण क्षेत्रका थिए ।

महिलाको नाममा जग्गा रजिष्टूेशन गर्दा सो वर्ष १२ लाख २९ हजार ३७८ रुपैयाँ राजश्व छुट भएको थियो ।

रोल्पामा महिलाको नाममा जग्गा रजिष्टे«शन गर्नेको संख्या बढ्दै जानथालेको मालपोत कार्यालय रोल्पाका कार्यालय प्रमुख डिल्लीराज न्यौपानेको भनाई छ ।

महिलाको नाममा लालपुर्जा कायम भएसँगै सम्पत्तीमा उनीहरुको पहुँच समेत बढेको छ न्यौपानेले भने । महिलाको नाममा जग्गा रजिष्टूेशन गर्दा पच्चिस प्रतिशत राजश्व छुट गर्ने सरकारले नीतिल्याएसँगै महिलाको नाममा जग्गापास गर्नेको संख्या वृद्धी हुनथालेको देखिन्छ कार्यालय प्रमुख न्यौपानेले भने ।

जिल्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको प्रति यहाँका महिला अधिकारकर्मीहरुले खुसी व्यक्त गरेका छन् । सम्पत्तीले बहुआयामिक प्रभाव पर्ने महिला अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाई छ ।

सम्पत्तीमा पहुँच बढेसँगै घरेलु हिंसा पनिकम हुने आचार्यको भनाई छ । आफ्नो नाममा सम्पत्ती भएका महिलाभन्दा सम्पत्ती नभएका महिला बढी मात्रामा घरेलु हिंसाको पिडामा परेको देखिन्छ अध्यक्ष आचार्यले भनिन । सम्पत्तीमा महिलाको पहुँच बढे पनि आफ्नो नामको सम्पत्ती आफुखुसी विक्रीवितरण गर्न भने महिलाअझै स्वतन्त्र छैनन आचार्यले भनिन ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस