कास्कीमा आज रातिदेखि निषेधाज्ञा जारी हुने

२ भदौ, पोखरा । जिल्ला प्रशासन कास्कीले आज राति १२ बजे देखि ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आज राति १२ बजे देखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरू सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन ।

स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहने छन् ।

हिन्दू महिलाको महान पर्व तीज र कुशे औंसी जस्ता चाडमा मानिसको भीडभाड हुने र सङ्क्रमण अझ फैलने सक्ने अवस्थालाई ध्यान दिएर निषेधाज्ञा लागू गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस