रुपन्देहीकाे तिलोत्तमामा भदौ १० सम्म लकडाउन

२ भदौ, काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका भदौ ३ गते (भोलि) देखि भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार लकडाउन अवधिमा सबै खाद्यान्न र तरकारी सहित सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय र सबै किसिका सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय भएको छ ।

तर औषधि पसल र औषधि उद्योगहरु सञ्चालन हुन पाउने छन् । यस्तै दूध डेरीहरु बिहान ६ देखि ८ बजेसम्म खुल्न पाउने छन् ।

लडकडाउन अवधिमा साइकलसमेत नचलाउन नगरपालिकाले आग्रह गरेको छ ।
समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले नगर क्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस