काठमाडौँ उपत्यकामा २०५ जनामा कोरोना संक्रमति पुष्टि

२ भदौ, काठमाडौँ । मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका काठमाडौँमा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना संक्रमित भेटिएका हुन ।

त्यस्तै, आज देशभर थप १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै अहिलेसम्म २८ हजार २ सय ५७ संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस