राष्ट्रकवि घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने

३भदौ काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ । घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो । घिमिरेको मंगलबार साँझ निधन भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस