राष्ट्रिय झण्डा जलाउने समूहका ४ पक्राउ, अन्यको खोजी तीव्र

३ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाहीको दबाब बढेको थियो ।

महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार भिडियो बनाउने ४ जना पक्राउ परिसकेका रअन्य ६ जनाको खोजी तीव्र पारिएको छ ।

पक्राउ पर्नेमा १ युवती र ३ युवा छन् । उनीहरू क्यामरामेन, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगातयत हुन् ।

पक्राउ परेका चारै जना व्यक्तिमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस