हेल्थ केयर पत्रकार समाज रोल्पाको अध्यक्षमा ओली

७भदौ, रोल्पा । रोल्पामा हेल्थ केयर पत्रकार समाज गठन गरिएको छ ।

हेल्थ केयर पत्रकार समाजका केन्द्रीय महासचिव पदमराज जोसीको विशेष उपस्थितिमा सोमबार लिबाङमा भएको पत्रकारहरुको भेलाले माधवकुमार ओलीको अध्यक्षतामा ७ सदस्यीय हेल्थ केयर पत्रकार समाज रोल्पा गठन गरिएको हो ।

समाजको अन्य पदाधिकारीमा उपाध्यक्षमा शुभद्रा रेग्मी, सचिवमा भरत नेपाली, कोषाध्यक्षमा हिमाली खड्का रहेकी छन् । यस्तै सदस्यमा रेशम विक, रमेश डाँगी र दिपक पुन रहेका छन् ।

उक्त भेलालाई सम्बोधन गर्दै नवगठित हेल्थ केयर पत्रकार समाज रोल्पाका अध्यक्ष ओलीले रोल्पामा पत्रकारिताको विकासका क्रममा हेल्थ केयर पत्रकार समाजले नयाँ आयाम थपेको बताए । ‘रोल्पा जस्तो जिल्लामा बिट पत्रकारिताको विकास हुन नसकेको अवस्थामा अब स्वास्थ्य बिटको पत्रकारिता सुरु भएको छ’ अध्यक्ष ओलीले भने ‘अब जिल्लामा रहेको स्वास्थ्यसँग सम्बन्धि ज्वलन्त विषयवस्तुलाई पत्रकारिताको माध्यतबाट उजागर गर्न हेल्थ केयर पत्रकार समाजले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

यस्तै हेल्थ केयर पत्रकार समाजका केन्द्रीय महासचिव जोसीले समाचार लेख्ने मात्र नभएर आर्थिक अभाव र अन्य कुनै समस्याका कारण उपचारमा समस्या भएका व्यक्तिको उद्धार र उपचारमा समाजले सहयोग गर्ने बताए । ‘कतिपय अवस्थामा हामीले चिनेको र बुझेको ज्ञानले कुनै गरिब तथा विपन्नको उपचारमा सहयोग पुग्न सक्छ’ जोसीले भने ‘त्यस्तो बेलामा हामीले सहयोग गर्न सक्छौं ।’

भेलाले समाजको सल्लाहकारहरुमा काशीराम डाँगी, खेम बुढा, महेश न्यौपाने, मानसिङ विक र नबीन लोचनमगरलाई राख्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस