८भदौ , रोल्पा । रोल्पा आईटिएफ तेक्वान्दो संघले चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आईटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप–२०७७ गर्ने भएको छ । कोरोना भाइरस माहामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्मविश्वास बढाउनुको साथै खेल क्षेत्रको विकासमा मद्धत पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न थालिएको हो ।
कोरोना भाईरसको माहामारी बढिरहेको अवस्थामा खेलाडीहरुलाई घरबाटै पनि आत्म तयारी गरी खेल कौशललाई अगाडि बढाउने अवसर र खेलाडीहरुलाई थप क्रियाशील बनाउने उद्देश्यस्वरुप भर्चुअल च्याम्पियनसिप आयोजना गर्न लागेको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम बाँठामगरले जानकारी दिए।
च्याम्पियनसिप प्रतियोगितामा प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो स्थान लिनेले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कारको सम्पूर्ण प्रायोजन परिवर्तन गाउँपालिका–२ राङ्सी भल्तुङ निवासी रोल्पा आईटीएफ तेक्वान्दो संघका सल्लाहकार समेत रहनुभएका रोशन केसीले गर्ने भएको आयोजकले जनाएको छ । केसीले आफ्नो जन्मदिनको अवसरमा कार्यक्रमको प्रायोजन गरेको रोेल्पा आईटीएफ संघका अध्यक्ष विक्रम बाँठामगरले बताए।
प्रतियोगितामा तेक्वान्दो (आईटिएफ) का कालो पेटी, प्रथम डानदेखि कालो पेटी तेस्रो डान समूह महिला खेलाडीहरुले सहभागी जनाउन पाउनेछन् । खेलाडीहरुले क्वाङ गे९पधबलन(नबभ० तुल प्याट्रनको भिडियो रोल्पा आईटिएफ तेक्वान्दो संघलाई असोज ५ गतेभित्र पठाउनुपर्ने आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगिताको नतिजा प्रकाशन असोज १० गते हुनेछ । खेलाडीहरुले पठाएको भिडियो नेपाल अन्तर्राष्ट्रि«य तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुले भिडियो कन्फरेन्स मिटिङमार्फत प्रतियोगिहरुको भिडियो मूल्याङकनका आधारमा महासंघ र जिल्ला संघको सहकार्यमा नतिजा प्रकाशन गर्नेछ ।