ओमानका विदेश मन्त्री नेपालमा

१० भदौ, काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुईदिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी सोमबार काठमाडौँ आइपुगेका हुन्।

भ्रमण क्रममा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

ओमानका विदेशमन्त्रीले मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस