राेल्पामा बन्चरो विड प्रहार गरी हत्या

११ भदौ,रोल्पा । परिर्वतन गाउँपालिका बागमरामा बन्चरोको विड प्रहार गरी एक जनाको पुरुषको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता शंकर खड्काका अनुसार परिवर्तन गाउँपालिका–३ बागमाराका ४४ वर्षका रामचरण बादीले बन्चरो विड प्रहार गरी सोही ठाउँ बस्ने ४० वर्षका मनबहादुर बादीको हत्या गरेका हुन् ।

आज राती करिब २ बजे ढोका ढक्ढकाएपछि ढोका खोलेर किन बोलाएको भनेर सोध्ने क्रममा रामचरणले एक्कासी टाउकोमा बन्चोरो विड प्रहारी गरी मनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघा ल्याउदै गरेको छ, भने हत्यामा संलग्न रामचरणलाई राती नै पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस