गीतसँगीतमा रमाउँदै जालुमाया गुरुङ, हातमा रुमाल बोलको गीत युट्युबमा सार्वजनिक ( भिडियो सहित)

१३ भदौ, रोल्पा । गाउँघर मेलापातमा गीत गुनगुनाएर होस् या स्थानीय स्तरमा सञ्चालन हुने विभिन्न साँगितिक तथा जनचेतना मुलक कार्यक्रमहरुमा सहभागी जनाएर होस् आफ्नो प्रस्तुति दिन पछि नपर्ने जालुमाया गुरुङ पछिल्लो समय कलाकारिता क्षेत्रमा जमेरै लागेकी छिन् । रोल्पा नगरपालिकाको लिबाङ गुरुङगाउँमा जन्मिएकी जालुमाया गुरुङको गीत सँगित प्रतिको मोह धेरै छ । साँगितिक क्षेत्रमा भविष्य खोज्दै र कलाकारितालार्इ पछ्याउदै रोल्पाबाट काठ्माण्डौ राजधानी झरेकी गुरुङले लोकप्रिय कार्यक्रम इन्द्रेणी लगायतका विभिन्न लाइभ दोहोरीहरुमा आफ्नो प्रतुति दिइसकेकि छिन् ।

कोभिड—१९ को कारण राजधानीका दोहोरी साँझहरु अनिस्चित कालका लागि बन्द भएपछि काठमाडौँ दरबार मार्गको जुनकिरी रोधी घरमा काम गर्दै आएकि गुरुङ अहिले फुर्सदिलो समय बिताउँदै छिन् ।

कोरोना कहरले कतै मेला महोत्सवमा जान नपाएको र काम गर्ने दोहोरी साँझ तथा रोधी घर बन्द हुँदा काठ्माण्डौमा बस्न गारो भए पनि आफ्नो सांंगेतिक यात्रालार्इ निरन्तरता दिइरहेको गुरुङले बताएकि छिन् ।
कोरोनाका कारण आजभोली मेलापर्व तथा महाउत्सव नचल्दा कार्यक्रममा जान नपाएका गुरुङलार्इ प्रत्यक्ष दर्शकसँग रमाउन र दर्शक श्रोतालाइ साँगितिक खुराक दिन मन छ , तर कोरोनाका कारण त्यो समय जुरेको छैन ।कोरोना कहरले फिल्ड कार्यक्रम नभए पनि इन्द्रेणी लगायतका विभिन्न लाइभ दोहोरीहरुमा प्रतुति दिन पाउँदा र हातमा रुमाल गीति एल्वम बजारमा लिन पाउँदा खुसिलागेको गुरुङ बताउछिन् ।

गीतसँगितबाट आफ्नो बेग्लै पहिचान बनाएकी जालुमाया गुरुङको हातमा रुमाल बोलको गीत भर्खरै बजारमा अएको छ । हातमा रुमाल गीतको लय शव्द गणेश गुरुङको रहेको छ । भने स्वर जालुमाया गुरुङ र गणेश गुरुङको रहेको छ ।

चर्चित मोडल तथा नृत्य निर्देशक शंकर विसीले निर्देशन गरेको यस गीतको म्यूजिक भिडियोमा शंकर विसी र पूर्णीमा गुरुङले अभिनय गरेका छन् । गीतसँगीत भनेको सुख दुखको भावना व्यक्त गर्ने र मन भुलाउने माध्यम भएकोले प्राय सबैले मन पराउँछन् । गितसँगित विना अचेल कोहि टाढा रहन सक्दैन भलै गीतसँगित फरक होलान सुन्ने हेर्ने दर्शक श्रोता फरक होलान तर गीतसँगित भनेको सबैको मनको ढुकढुकी बनेको हुन्छ । दर्जन बढी गीतहरुमा आफ्नो स्वर दिएका सर्जक तथा कलाकार जालुमाया गुरुङको आफ्नै शव्दमा पल्टनै जाने हो, रातै फूल्ने गुराँस लगायतका गीत बजारमा आएका छन् भने धेरै दर्शक श्रोताले रुचाएका पनि छन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस