तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति

File photo

१४भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

तीजको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस