१६ भदौ, रोल्पा । अविरल वर्षाका कारण रोल्पाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । ग्रामीण सडकमा पहिरो जाँदा स्थानीयहरु सास्ताी भोग्न बाध्य भएका छन् ।

अविरल वर्षाका कारण सुलिचौर थबाङ सडक खण्डको सुनछहरी गाउँपालि ५ जैमाकसलाको माबाङ लगायत विभिन्न ठाउँमा ठूलो खसेको पहिरोका कारण थबाङ , उवा, सेरम, स्युरी र गाम लगयतका ठाउँमा पहिरो खसेर दैनिक यायाताका सेवा प्रभावित भएको छ ।

ग्रामीण सडकमा पहिरो जाँदा पैडल यात्रा गर्न समेत नसक्ने गरि ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेका सुनछहरी गाउँपालिका जैमाकसलाका स्थानीय निराज पुन मगरले बताए ।

पहिरोका कारण किनमेल लगायतका कामले सुलिचौर बजारसम्म आउने र सुलिचौरबाट फर्कने स्थानीयहरु विशेषगरी मारमा परेका छन् भने विभिन्न कामका कारण पालिकासम्म जानुपर्ने जेल्बाङ र फगामका स्थानीयहरु समेत मर्कामा परेका छन् ।

अवरुद्ध सडक कहिले खुल्छ टुङगो छैन् । सडक खुलाउन स्थानीय सरकारले पहल नगरेको स्थानीयले गुनासो गरेका छन् । सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पनमगरले वर्षा अझै केहि दिन जारी रहने भएकाले अवरुद्ध सडक केहि दिनसम्म खोल्ने सम्भावना नरहेको बताए ।

सुनछहरी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जादाँ यातायात अवरुद्ध भएको छ । वर्षा अझै केही दिन नरोकिने भएकाले बाटो मर्मत गुर्नको अर्थ नभएको उनले बताए ।

यस्तै सुलिचौर गाम सडकखण्ड अन्तरगत लुङ्ग्री गाउँपालिकाको राजिपाती र छहरेखुङ आसपासमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीयलाई सास्ती भएको छ ।

विभिन्न ठाउँहरुमा खसेका पहिरोमा यात्रु आफैले बाटो बनाएर गन्तव्यसम्म पुग्नु परेको त्यहाँका स्थानीबासीले बताएका छन् ।