१६भदौ,काठमाडौँ । नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ।

अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन। यसअघि बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो।

योसँगै सी-आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ। नेपाल धितोपत्र बोर्डले सी-आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ।