
१६ भदौ, रोल्पा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षमा अर्जुन डाँगी चयन भएका छन् ।
शक्रुबार लिबाङ सम्पन्न भेलाले डाँगीको अध्यक्षतामा जिल्ला समन्वय समिति रोल्पाको तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा भक्तराम पि.एम., सचिवनमा याम प्रकाश बुढा, कोषाध्यक्षमा ऋषिराम पोखरेल रहेका छन् ।
समितिको सदस्यहरुमा मन्जु आचार्य, अमराज वली, तिलबहादुर घर्ती, नरेन्द्र घर्तीमगर र शनिदेवल बुढामगर रहेका छन् ।
जिल्लाका अर्धन्यायीक निकायबाट हुने सेवा प्रवाहमा सहज वातावरण निर्माण गर्न सहजिकरण गर्ने कार्यसमितिले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार