१९भदौ, काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन।
खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।
राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय भएपछि खतिवडाले राजीनामा दिने बताएका हुन।
राष्ट्रिय सभा सदस्यमा नदोहोरिने पक्का भएपछि डा खतिवडाको पद शनिवारबाट स्वतः निष्क्रिय हुने छ।
नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको छ।
प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार


