कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको सुनुवाइ पूर्ण इजलासमा, को–को परे न्यायाधीश ?

१८ भदौ, काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।  

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन लागेको हो । 

मुख्यमन्त्री उद्धव थापाले प्रदेशससभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । तर, उक्त कार्य असंवैधानिक भन्दै एमालेका हिक्मत कार्कीले सर्वोच्चमा रिट दिएका हुन् । 

उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले आदेश भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस