विद्यार्थीको रक्त समूह पहिचान

१९ भदौ, रोल्पा ।जलजाल बहुहुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समूह पहिचान गरीएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवको अवसरमा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान गरिएको हो ।

७७ जना विद्यार्थीले रक्त समूह पहिचान गराएका छन् । क्याम्पसमा अध्ययनरत धेरैजसो विद्यार्थीहरुको रक्त समूहको पहिचान थिएन ।

आज पहिचान गरिएको रगतबाट कसैलाई रगत आवश्यक परेको खण्डमा तत्काल उपलब्ध गराउन सहज हुने जलजला बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष खुमबहादुर विकले बताए ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस