सामाजिक सवालहरुको पहिचान गर्दै महिला तथा किशोरीहरु

२१भदौ, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुंग्रीका महिला र किशोरीहरुले आफनो समुदायमा रहेका सामाजिक सवालहरुको पहिचान गरी बहस तथा पैरविको माध्यमबाट न्यूनिकरण गर्न थालेका छन ।

स्ट्रेमाफाउण्डेशनको आर्थिक सहयोगमा सहयोगी हातहरुको समुह (सहास) नेपालद्धारा दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत सुनिलस्मृति गाउँपालिकाको वडा नं.२ खुंग्रीमा गठन गरिएका स्वबलम्बन समूह र किशोरी समूहले सामाजिक सवालहरुलाई सामूहिक रुपमा बहस तथा पैरवि गरी न्यूनिकरयण गर्न थालेका हुन । जसले गर्दा महिला तथा किसोरीहरु आय–आर्जनमा संलग्न भई उनीहरुको जीवन स्तरमा सुधार हुनुका साथै समाज परिर्वन गर्नमा सहयोग पुगेको छ ।

सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले स्वाबलम्बन समूह, किशोरी समूहको माध्यमबाट साहस नेपालले गरेका सामाजिक, आर्थिक तथा शैक्षिक सुधारको प्रशंसा गर्दै, आगामी दिनमा स्थानीय सरकारले गर्न नसकेका काममा सहयोगको गर्न साहस नेपाललाई आग्रह गरेका छन् ।

तीन वर्ष देखि सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुंग्रीमा परियोजनाले स्वालम्बन समूह, किशोरीलाई सामाजिक सवालहरुको पहिचान कसरी गर्ने, पहिचान भएका सवाहरुलाई न्यनिकरण गर्न समुदाय, स्थानीय सरकारसँग कसरी बहस पैरवि गर्ने, समाजमा नेतृत्व विकास कसरी गर्ने, आय–आर्जनलाई व्यवसायीकरण गरी जिवनलाई कसरी राम्रो गराउने, लगायतको विषयमा तालिम तथा छलफलको माध्यमबाट सहजिकरण गरि उनीहरुलाई शसक्तिकरणगर्दै आएको साहस नेपालका जिल्ला संयोजक मेनुका मल्लले बताएकी छन् ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस