सरकारद्वारा कृषियोग्य जग्गाको कित्ताकाट खुला

२२भदौ, काठमाडौं । सरकारले कृषियोग्य जग्गाको खण्डीकरणण् (कित्ताकाट) फुकुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको भदौ १८ गतेको निर्णयानुसार ३ वर्षदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट फुकुवा भएको हो । यसअघि तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २६ साउन २०७४ मा जग्गाको खण्डीकरण ९कित्ताकाट०मा रोक लगाएका थिए ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनश्चित गर्न भन्दै तत्कालीन सरकारले कृषियोग्य जग्गाको कित्ताकाट रोको थियो ।तर, पछिल्लो समय घरजग्गा व्यवसायीहरुले कृषियोग्य जग्गाको कित्ताकाट खुलाउन माग गर्दै आएका थिए ।

पछिल्लो समय कित्ताकाट गरेबापत प्रतिआना डेढलाख रुपैयाँसम्म नजराना बुझाउनु परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुनासो समेत पुगेको थियो ।

अख्तियारले गत असारमा नै मन्त्रालयलाई पत्र लेख्दै आयोगको निर्देशनमा जग्गाको कित्ताकााट रोक्का गरी खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा भएगरेका निर्णय आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुला गर्नेतर्फ आवश्यक व्यवस्था मिलाउन भनेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस