रोल्पामा एमसीसी खारेजीको माग गर्दै जनमोर्चाद्वारा प्रदर्शन

२२ भदौ, रोल्पा । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रोल्पाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ ।

‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, अमेरिकी सामाजवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै जनमोर्चाले रोल्पाको लिबाङमा प्रदर्शन तथा खबरदारी सभा गरेको हो ।

विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टले एमसीसी परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेज गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकृकीत समाजवाद पार्टीका संयोजक माधव नेपाल लगायतका नेताहरु आर्थिक प्रलोभनमा विक्री भई एमसीसी पास लागि परेको आरोप लगाए ।

विरोध सभामा राष्ट्रिय जनमोर्चा नेता तथा कार्यक्रता लगायको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस