रास्वपाका सभापति लामिछाने रोल्पा आउँदै

फाइल तस्वीर

२असोज, रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रोल्पा आउने भएका छन । उनी काठमाडौं देखि नेपालगञ्ज आउने र नेपालगञ्ज देखि रोल्पा आउने कार्यक्रम तय भएको छ ।

सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिए ।

लामिछानेले आज पूर्वी रोल्पाको सुलिचौरमा स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेट्ने कार्यक्रम छ । सुलिचौरको कार्यक्रम सकाएर उनी सदरमुकाम लिबाङ प्रवेश गर्ने छन । आज नै उनले लिबाङमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम छ ।

सदरमुकाम लिबाङको कार्यक्रम सकिए पछि उनी सदरमुकाम नजिकैको गाउँमा स्थानीयको घरमा बास बस्ने योजना रहेको छ । सदरमुकाम लिबाङको कार्यक्रम समापन पछि उनी पश्चिम रोल्पाका गाउँ छिर्ने योजना रहेको छ ।

लामिछाने बुधबार बिहान घर्तीगाउँ हुँदै पश्चिम रोल्पाको मुख्य व्यापारिक केन्द्र बागमारा पुग्ने छन । त्यहाँ उनले स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन । बागमाराको कार्यक्रम पछि उनी परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर पुग्ने छन । पुचलाचौरमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन ।

पुतलाचौर पछि उनी परिवर्तन गाउँपालिकाकै अर्को मुख्य व्यापारिक केन्द्र कुरेलीको खरिबोट पुग्ने छन । खरिबोटमा स्थानिय स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन । खरिबोट पछि उनी थबाङ गाउँपालिकाको टुटु बजार पुग्ने छन । टुटुमा उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन ।

टुटु पछि उनी माओवादी उद्गम स्थलको रुपमा चिनिने रोल्पाको थबाङ गाउँपालिकाको ठूलोगाउँ पुग्ने छन । थबाङमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन । अन्यत्र भन्दा लामिछानेको थबाङ बसाई तुलनात्मक रुपमा लामो हुने छ ।

थबाङको कार्यक्रम पछि लामिछाने माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँ आउने छन । घर्तिगाउँमा उनले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेट्ने छन । घर्तिगाउँ पछि उनी त्रिवेणी गाउँपालिकाको तिला बजारमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्न पुग्ने छन ।

तिला पछि लामिछाने रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार जाने छन । होलेरीमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन । लामिछानेको रोल्पा बसाई पाँच गते सम्म रहने छ ।

सभापति लामिछानेका साथमा पार्टीका महामन्त्री डाक्टर मुकुल ढकाल, लुम्बिनी प्रदेशका सभापति देवराज पाठक र महामन्त्री निलराज अधिकारी सहितको टोली रहने छ । रास्वपाले हाल वडा वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ । लामिछानेको रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासो र उत्सुकताका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस